अन्नपूर्णकर्मी बुढाथोकी सम्मानित

अन्नपूर्णकर्मी बुढाथोकी सम्मानित
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा अन्नपूर्णकर्मी किशोर बुढाथोकीसहित ८ जना पत्रकारलाई आइतबार सम्मान गरिएको छ। 

सञ्चार क्षेत्रबाट कोशी प्रदेशको खेलकुदको विकासमा सहयोग पुर्‍याएको भन्दै प्रदेश खेलकुद विकास बोर्डले पत्रकारहरूलाई खेलकुद पत्रकारिता सम्मानबाट सम्मानित गरेको हो। विराटनगरमा आयोजित अन्तरप्रदेश खेलकुद प्रतियोगिता र १४ औं राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडी सम्मान कार्यक्रमको अवसर पारेर बोर्डले लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय रहेकालाई नगदसहित सम्मान गरेको छ। 

सम्मानित हुने पत्रकारहरूमा बुढाथोकीसहित नवीन अर्याल, चुमन बस्नेत, पुष्पराज थपलिया, भूमिराज पराजुली, भूमिका पाख्रिन, हिमाल खरेल र प्रेम देवान राई रहेका छन्। खेलकुद पत्रकारहरूलाई कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार, प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)लगायतले खादा, प्रमाणपत्र र नगदले सम्मानित गरेका थिए। 

अर्याललाई २१ हजार र अन्य पत्रकारलाई ११ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो। बुढाथोकी अन्नपूर्णका कोशी प्रदेश ब्युरो प्रमुखसमेत हुन्। 

बोर्डका सदस्यसचिव बस्नेतले पत्रकारहरूले पत्रकारिता क्षेत्रमार्फत नेपाली खेलकुदको प्रसारप्रचार तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। पत्रकारिता माध्यमबाट खेलकुद क्षेत्रको विकासका लागि पुर्‍याएको योगदानको कदर गर्दै पत्रकारहरूलाई सम्मान गरिएको जानकारी उनले दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.