गण्डकका सबै ढोका खुलेका कारण शव भारततर्फ बगेर जान सक्ने

गण्डकका सबै ढोका खुलेका कारण शव भारततर्फ बगेर जान सक्ने
सुन्नुहोस्

परासी : त्रिशुलीमा बेपत्ता २ बसमा सवार यात्रुहरूको शव नदी किनारहरूमा फेला पर्न थालेका छन्। पछिल्लो पटक पश्चिम नवलपरासीको नारायणी नदी किनारमा आइतबार साँझ एक ४० वर्षीय पुरुषको शव फेला परेको छ। सुस्ता गाउँपालिका–४ स्थित १५ नम्बर ठोकर किनारमा शव फेला परेको हो। 

उक्त शव त्रिशुलीमा बेपत्ता भएका बसका यात्रु रहेको अनुमान प्रहरीले गरेको छ। यसअघि पनि पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा शव फेला परेको थियो। नारायणी नदी किनारमा शव फेला पर्न थालेपछि नेपालमा भेटिन नसक्ने शवहरू भारततर्फ बगेर जाने सम्भावना बढेको छ। नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएका छन्। ढोका खोलेका कारण शव भारततर्फ जाने सम्भावना बढेको हो। 

भारततर्फ शव बगेर जाने सम्भावना रहेकाले भारतीय समकक्षीसँग समन्वय गरिने नवलपरासीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन्। नवलपरासी जिल्ला भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लासँग जोडिएको छ। नारायणी नदीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका हुन्। 

अहिले पानीको सतह क्रमशः घट्दो छ। खोलिएका सबै ढोका बन्द गरिए डुबान हुने सम्भावना उत्तिकै रहेकाले उत्तर प्रदेश महाराजगञ्जका डिएम (प्रमुख जिल्ला अधिकारी)सँग त्रिशूली घटनाका बारेमा जानकारी गराएर समन्वय गरिने प्रजिअ श्रेष्ठको भनाइ छ। ‘उच्च स्तरबाट पनि समन्वय भएको होला। हामी पनि जिल्लास्तरबाट भारतीय समकक्षीसँग कुरा गरेर सहयोग माग्छौं ’, प्रजिअ श्रेष्ठले भनिन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.