नवनियुक्त प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न निवासमा

नवनियुक्त प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न निवासमा
सुन्नुहोस्

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राष्ट्रपति विद्या भण्डारीलाई भेट्नका लागि उनको निजी निवास बुढानीलकण्ठस्थित चपली पुगेका छन्। 

ओलीसहित एमालेका केही नेताहरू पूर्व राष्ट्रपति भण्डारीको निवास पुगेका ओलीको निजी सचिवालयले जनाएको छ। भेटमा पूर्व राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएकी छन्। ओली आज प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। 

एमाले अध्यक्ष ओली यसअघि नेपालको नयाँ संविधान जारी भएपछि २०७२ असोज २५ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यस्तै, ओली दोस्रो पटक २०७४ फागुन ३ गते, तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्री पदमा नियुक्ति भएका थिए। तेस्रो पटक ठूलो दलको हैसियतले प्रधानमन्त्री बनेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.