विराटनगरमा कारभित्र भेटियो १ सय २ किलो गाँजा, ३ जना पक्राउ

विराटनगरमा कारभित्र भेटियो १ सय २ किलो गाँजा, ३ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरमा आइतबार दिउँसो एउटा कारभित्र ठूलो परिमाणमा लागूऔषध गाँजा भेटिएको छ। विराटनगर महानगरपालिका–४ इक्राहीस्थित भित्री सडक खण्डमा बा ६ च ४६८९ नम्बरको कारबाट १ सय २ किलोग्राम गाँजा बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। 

कारमा राखेर लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचना आउनसाथ नियन्त्रणमा लिन एसपी कार्कीले विशेष टोली परिचालन गरेका थिए। प्रहरीले कार नियन्त्रणमा लिएर खानतलासी गर्दा डिकीमा राखेर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको थियो। गाँजा ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरिएको जानकारी एसपी कार्कीले दिए। 

उनका अनुसार कार चालक मोरङको केराबारी गाउँपालिका–५ का ३६ वर्षीय सुरेश लिम्बू, धनकुटाको साँगुरीगढी गाउँपालिका–२ का ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरीको धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीया लक्ष्मी राई विकलाई पक्राउ गरिएको छ। 

पक्राउ परेकाहरुसहित बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको कारलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी कार्कीले दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.