कांग्रेसभित्र कसले कति मन्त्रालय लिने ?

संस्थापनको ६ र इतर समूहको ४ मन्त्रालयको दाबी

कांग्रेसभित्र कसले कति मन्त्रालय लिने ?
सुन्नुहोस्

काठमाडौं : नयाँ सरकार बन्दै गर्दा कांग्रेसको भागमा परेका मन्त्रालयमा पनि कांग्रेसभित्रकै कुन गुटले कति मन्त्रालय लिने भन्ने विषयमा छलफल सुरु भएको छ। कांग्रेसको शेखर–गगन समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ। आइतबार डा. शेखर कोइरालाको सचिवालयमा भएको गुटको छलफलमा कांग्रेसले पाउने कुलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने दाबी नेताहरूको छ। 

एमालेसँग मिलेर सरकार गठन गर्दा कांग्रेसको भागमा १० मन्त्रालय पाउने भनिएको छ। तर, अरु साना दल मिल्न आएको बेलामा भने त्यसमध्ये इतर समूहले ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी राखेका छन्। इतर समूहका नेता अर्जुननरसिंह केसीले भने,  ‘कांग्रेसले १० मन्त्रालय पाउने स्थिति बन्यो भने इतर समूहले ४ पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट मत छ।’ इतर समूहबाट अहिलेसम्म तय भएका नेताहरूमध्ये पार्टीका सहमहामन्त्री जीवन परियार, चन्द्र भण्डारीको नाम तय भइसकेको छ भने अर्की सांसद प्रतिमा गौतमको नाम पनि दाबेदारको रूपमा गइसकेको शेखर सचिवालयले जानकारी दियो। 

उता संस्थापन समूहले भने इतर समूहले ४ वटा मन्त्रालय दाबी गरे पनि अन्ततः २ मन्त्रालय मात्र दिने तयारीमा देउवा छन्। किनभने अहिलेको सरकारमा अन्य साना दलहरू पनि समावेश हुँदै गर्दा कांग्रेसको भागमा ८ मन्त्रालय मात्र हुने देखिन्छ। 

कांग्रेसको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार यसपटक कांग्रेसको मुख्य ध्यान समावेशिता, भूगोल र योगदान आधारलाई सभापति देउवाले मापदण्ड बनाएका छन्। कांग्रेसमा संस्थापनबाट रमेश लेखक, प्रकाशमान सिंह,  र आरजु राणा देउवा मन्त्री बन्ने पक्काजस्तै भइसकेको छ। कांग्रेसका देउवा निकट नेताका अनुसार अहिले जनताको विश्वास जित्नेगरी काम गर्ने बेला हो। यो अवस्थामा दुई ठूला पार्टी एकै ठाउँमा उभिएर देशलाई निकासतर्फ मोड्नु नै ठूलो कुरा भएकोले परिणाम निकाल्नेगरी काम गर्नुपर्ने चुनौती रहेको ती नेताए बताए।

शेखर समूहले बोलाएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार सहभागी थिए। त्यस्तै, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, दीलेन्द्र बडू, डा. मीनेन्द्र रिजाल र चन्द्र भण्डारीहरू सहभागी भएका थिए।

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली आइतबारै प्रधानमन्त्रीमा नियुक्त भएका छन्। सोमबार ११ बजे प्रधानमन्त्रीले शपथग्रहण गर्ने कार्यक्रम छ।

कांग्रेसबाट को–को छन् मन्त्रीका आकांक्षी 

कांग्रेसमा कोशीबाट दीपक खड्का र रामहरि खतिवडा मन्त्रीका मुख्य दाबेदार छन्। मधेसबाट अजयकुमार चौरसिया र तेजुलाल चौधरी दाबेदार छन्।

बागमती प्रदेशबाट युवा नेता प्रदीप पौडेल, उदयशमशेर राणा, रामनाथ अधिकारी, श्याम घिमिरे गण्डकीबाट जीवन परियार र शंकर भण्डारीको दाबेदारी छ।

बद्री पाण्डे, डा. आरजु देउवा राणा, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने र किशोरसिंह राठोर पनि मन्त्रीका दाबेदार हुन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.