युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन
सुन्नुहोस्

काठमाडौं : युरोकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ। सोमबार बिहान भएको खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो। २–१ गोलले  पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि जित्न सफल भएको छ। 

निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा मिकेल ओयार्जाबालको गोल नै निर्णायक गोल बन्न पुग्यो। 

पहिलो हाफ गोलरहित बनेपनि दोस्रो हाफको सुरुवातमा नै स्पेनका लामिन यामालको पासमा निको विलियम्सले अग्रता दिलाएका हुन्। ७३ औँ मिनेटमा कोल पाल्मरले गोल गर्दै खेल १-१ को बराबरी बनाएका थिए।

तर खेलको ८६ औं मिनेटमा स्पेनका मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जिताउन सफल भएका हुन्।  इङ्ल्यान्ड भने लगातार दोस्रो युरो कप फाइनलमा पराजित भएको छ।

यामललाई उत्कृष्ट युवा खेलाडीको अवार्ड

युवा स्टार यामलले युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका १७ वर्षीय खेलाडी यामलले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन्।null

युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए। यो संस्करणमा उनको सर्वाधिक असिस्ट हो। यामलले सेमिफाइनलमा फ्रान्सविरुद्धको खेलमा उत्कृष्ट गोल गर्दै स्पेनलाई फाइलमा पुर्‍याउन सफल भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.