राष्ट्रपति पौडेलले गरे विनियोजन विधेयक प्रमाणीकरण
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, २०८१ प्रमाणीकरण गरेका छन्। संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको विनियोजन विधेयक प्रमाणीकरण गरेका हु्न्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको विनियोजन विधेयक, २०८१ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ।’