तस्बिरमा हेर्नुहोस् शितलनिवासमा भएको सपथ समारोह

तस्बिरमा हेर्नुहोस् शितलनिवासमा भएको सपथ समारोह
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली,उपप्रधानमन्त्री र मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमबार शितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिएका हुन्। 

nullओली संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। 

nullशपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल,बाबुराम भट्टराई, मन्त्रिपरिषदका अध्यक्ष खिलराज  रेग्मी, सांसदहरू, संवैधानिक आयोगका अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिहरू सुरक्षा निकायका प्रमुखहरूलगायत उपस्थित थिए। nullnull

उनीहरुले प्रधानमन्त्री ओलीलाई बधाई दिएका छन्।

null

प्रधानमन्त्री ओलीले मन्त्रीहरु नियुक्त गरेपछि सपथ गराइएको हो । जस अनुसार उपप्रधान तथा सहरी विकासमन्त्री  प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बनेका छन्। यसैगरी, गृहमन्त्रीमा रमेश  लेखक,परराष्ट्रमा आरजु राणा देउवा,कानुन न्याय तथा संसदीय मामिलामा अजय चौरासीया,पर्यटन तथा संस्कृति मन्त्रीमा बद्रीप्रसाद पाण्डे,स्वास्थ्य  तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल नियुक्त भएका छन्।

यसैगरी शिक्षा मन्त्रीमा विद्या भट्टराई, रक्षामन्त्रीमा मानवीर राई,कृषिमन्त्रीमा रामनाथ अधिकारी,उद्योगमा दामोदर भण्डारी,श्रममा शरदसिंह भण्डारी,सञ्चारमा पृथ्वी सुब्बा गुरूङ,खानेपानीमा प्रदीप यादव र नवल किशोर साह महिला तथा बालबालिका मन्त्री बनेका छन्।

उर्जामा दिपक खड्का, भौतिक पूर्वाधारमा देवेन्द्र दाहाल, भूमिसुधारमा बलराम अधिकारी, वनमा ऐनबहादुर शाही र खेलकुदमा  तेजुलाल चौधरी नियुक्त भएका छन्। 

null

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा  नियुक्त गरेका थिए।

nullnullnullnullnull

nullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.