सडक छेउमा जथाभावी पोल राखिँदा दुर्घटनाको जोखिम बढायो

सडक छेउमा जथाभावी पोल राखिँदा दुर्घटनाको जोखिम बढायो
सुन्नुहोस्

परासी: नेपाल विद्युत प्राधिकरणको परासी वितरण केन्द्रले सडक छेउमै जथाभावी रुपमा राखेका पोलका कारण दुर्घटनाको जोखिम बढेको छ। 

परासी–भूमही सडक खण्डको कसिया सडक छेउमा करिब डेढ सय बढी पोल राखेको छ। वितरण क्षेत्रमा रहेको विद्युतको क्षमता वृद्धि, मागअनुसार ११ केभी लाइन विस्तार लगायत आवश्यक स्थानमा राख्नका लागि ५ सय बढी ठेक्कामार्फत निर्माण व्यवसायीलाई जिम्मेवारी दिएर ल्याएको विद्युत् वितरण केन्द्रले जनाएको छ। 

हरेक दिनजसो ल्याइएका पोल सडक छेउमै राख्ने गरिएको स्थानीयले बताएका छन्। खाली स्थानमा पोललाई व्यवस्थित गरेर राख्नुपर्नेमा अव्यवस्थित रूपमा सडक किनारको छेउमै राख्दा दुर्घटनाको जोखिम बढेको हो। 

सडक किनारको पिच छुने गरी राखिएका पोल तत्काल हटाउन स्थानीयले माग गरेका छन्। व्यस्त सडक रहेको उक्त खण्डमा दुर्घटना बढी हुने गरेका छन्।  रातको समयमा आवतजावत गर्ने सवारी साधनले साइड दिँदा पोलमा ठोकिएर दुर्घटनाको सम्भावना बढेको स्थानीयको भनाइ छ।

पोलका कारण दुर्घटनाको जोखिम बढे पनि ट्राफिक प्रहरीसमेत मुकदर्शक भएर बसेको स्थानीयको आरोप छ। पोल राख्नका लागि ठाउँ नभएर सडक छेउमा राखिएको नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख इन्जिनियर सुरज रेग्मीले बताए। कार्यालयमा समेत खाली जग्गा नभएकाले निर्माण व्यवसायीले सडक छेउमै राख्दा पनि केही हुँदैन भनेर राखेको उनको तर्क छ। 

‘हेभी सवारी साधनमा ल्याइएका पोल भित्रि सडक हुँदै खाली स्थानमा लैजान समस्या हुने र सडक छेउमै राख्दा सहज हुने भएकाले निर्माण व्यवसायीले त्यही राखे’, इन्जिनियर रेग्मीले भने। अव्यवस्थित रूपमा राखिएका पोलका कारण दुर्घटनाको सम्भावना बढेको बारे रेग्मीले  जोखिम बढे बाँकी पोल अन्यन्त्र राख्ने बताए।  

सडकलाई बाधा पर्ने गरी कुनै पनि सामग्री राख्न नपाउने जिल्ला ट्राफिक कार्यालयका प्रमुख इन्स्पेक्टर राजु खत्रीले बताए। ‘सडक छेउमा त्यसरी सामग्री राख्न पाइन्न। त्यसलाई समन्वय गरेर तत्काल हटाउन लगाउँछु’, खत्रीले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.