लुकाएर राखिएको सुर्ती र चुरोट बरामद

लुकाएर राखिएको सुर्ती र चुरोट बरामद
सुन्नुहोस्

भैरहवा : भैरहवा भन्सार कार्यालयले सिद्धार्थनगर–९ (भैरहवा) कठौतियास्थित एक घर गोदाममा लुकाएर राखिएको अवस्थामा सुर्ती र चुरोट बरामद भएको छ। 

भारतबाट भन्सार छलेर भित्राइएको सूचनाका आधारमा गोदाममा छापा मारेर आठ लाख ६० हजार रुपैयाँ बराबरको सुर्ती र चुरोट बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए। पछिल्लो समय भैरहवा भन्सार राजस्व छलीप्रति आक्रामक रूपमा उत्रिएको छ। कार्यालयले भन्सार छलेर भित्राउने सामग्रीहरू ठूलो परिमाणमा प्रायजसो बरामद गरिरहेको छ। ‘भन्सार राजस्व चुहावट विरुद्ध हामीले अभियान चलाएको छौँ’, भन्सार प्रमुख गौतमले भने, ‘जसअनुसार हामीले विभिन्न स्थानमा सामग्रीहरू बरामद र संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही गरिरहेका छौँ।’

भन्सार प्रमुख गौतमको नेतृत्वमा खटिएको टोली गोदाममा छापा मारेर सुर्ती र चुरोट बरामद गरेको हो। कार्यालयका अनुसार गोदामबाट दुई क्विन्टल ८० किलो धुलो सुर्ती, एक सय एक प्याकेट क्लासिक ब्राण्डको चुरोट, एक हजार ८५ प्याकेट कुल लिप समेत तयारी सुर्ती बरामद गरिएको छ।

‘घरको कोठामा गोदाम बनाएर भन्सार छलेर भित्राइएको सुर्ती र चुरोट डम्प गरिएको सूचना पाएका थियौँ’ उनले भने, ‘गएर हेर्दा ती सामग्रीहरू बरामद भयो। भन्सार प्रज्ञापन पत्र पाइएन। सामग्री धनी फरार भएको र घरधनीको सम्पर्क पनि नआएकाले सामग्री नियन्त्रणमा लिएर आवश्यक विवरणका साथ सामग्री धनीको खोजी गरिरहेका छौँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.