सिमताल दुर्घटना : अध्ययन समिति गठन गर्ने गृहमन्त्रीको निर्णय


काठमाडौं : नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्। 

सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री लेखकले सिमताल घटनाको अध्ययन गर्नका लागि सहसचिव छबि रिजालको नेतृत्वमा समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। उनले नेपाल प्रहरीको अपराध नियन्त्रण कार्ययोजना समेत स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गरे।

उनले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधनको क्षति रोक्नका लागि ध्यान केन्द्रित गर्ने बताए। उनले बाढीपहिरो प्रभावित क्षेत्रहरूमा प्रभावकारी काम गर्नका लागि आवश्यक कार्ययोजना बनाएर नै अघि बढ्ने जानकारी दिए।

मन्त्री लेखकले विधिको शासन, शान्ति सुरक्षा, अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने उल्लेख गरे। सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण सुशासन, अर्थमन्त्रको समस्या समाधानमा रहने उनको भनाइ छ। उनले अहिलको व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि संविधान संशोधनका लागि पहल गरिने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.