'डेडिकेटेड’र ट्रङ्क लाइनको विवाद समाधान हुन्छ : ऊर्जा मन्त्री खड्का
काठमाडौं : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पदभार सम्हालेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहणपछि मन्त्री खड्काले सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री खड्काले ‘ऊर्जा जलस्रोत तथा सिँचाइका क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि गर्नुपर्ने कार्य र सो को कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको प्रस्ताव’मा हस्ताक्षर गरे।
पदभार ग्रहण गर्दै मन्त्री खडकाले सबै नेपालीको घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यका साथ काम गर्ने विश्वास दिलाए । उनले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सरकारको निर्णय कार्यान्वयन गराउने प्रतिबद्धता जनाए । उनले 'डेडिकेटेड’ र ट्रङक लाइनका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने उल्लेख गरे।
उनले केहि दिन अध्ययन गर्ने र उपयुक्त निकासका लागि आवश्यक निर्णय गर्ने बताए।