चौथो पटक मन्त्री बने दामोदर भण्डारी

चौथो पटक मन्त्री बने दामोदर भण्डारी
सुन्नुहोस्

काठमाडौं :  नयाँ सरकार गठन भएसँगै बैतडीका सांसद दामोदर भण्डारी फेरि मन्त्री बनेका छन्।  यसअघि उद्योग  वाणिज्य तथा आपूर्तिमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका भण्डारी चौथो पटक सोही मन्त्रालयको जिम्मेवारीमा आएका हुन्।

नवनियुक्त मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गरेका छन्। 

सिंहदरबारस्थित उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए। मन्त्री भण्डारीले उद्योग मन्त्रालयले प्रदान गर्ने सेवा र यस क्षेत्रको विकासका लागि नेतृत्व तहबाट आफूले सम्पूर्ण सहयोग गर्ने बताउँदै कर्मचारीलाई दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको  सरकारमा पनि भण्डारी  उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री थिए । बैतडीबाट निर्वाचित सांसद भण्डारी योसहित चौथो पटक मन्त्री बनेका हुन् । उनले यसअघि दुईपटक उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । 

भण्डारी २०७२ सालमा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बनेका थिए।  २०७९ सालमा छोटो समयका लागि उद्योग मन्त्री बनेका भण्डारी २०८० साल फागुन २३ गते तेस्रो पटक मन्त्री बनेका थिए।

भण्डारीले लगातार तेस्रो पटक बैतडीबाट निर्वाचित भएका हुन् । २०७०,२०७४ र २०७९ को चुनावमा भण्डारीले बैतडीबाट जित हात पारेका थिए । मन्त्री भण्डारी नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.