एक महिनाभित्र परिणाममुखी काम गरेर देखाउन मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र परिणाममुखी काम गरेर देखाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा ओलीले केही न केही फरक काम गरेर देखाउन निर्देशन दिएका हुन्।
'प्रधानमन्त्रीज्युल क्याबिनेटका प्रत्येक मन्त्रीलाई एक महिनाभित्र केही न केही गरेर देखाउन निर्देशन दिनुभएको छ। उहाँले परिणाममुखी काम गरेर देखाउन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ,' सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने।
प्रधानमन्त्री ओलीले यो सरकारले अब केही न केही गर्छ भन्ने सन्देश दिनलाई महिना दिनभित्रै प्रभावकारी काम गरेर देखाउन निर्देशन दिएको मन्त्री गुरुङले बताए।