कीर्तिपुर क्रिकेट रंगशालालाई १० महिनामा सुविधासम्पन्न बनाउने सरकारको निर्णय
काठमाडौं : सरकारले कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालालाई दस महिनाभित्र सुवधा सम्पन्न बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सोमबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ३०० दिनभित्र फ्लड लाइट र प्याराफिट निर्माण गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीओलीले पनि पहिलो निर्णय क्रिकेट रंगशालालाई सुवधा सम्पन्न बनाउने भएको बतएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।'