थन्कियो माइजोगमाईको एम्बुलेन्स

थन्कियो माइजोगमाईको एम्बुलेन्स
सुन्नुहोस्

इलाम : इलामको माईजोगमाई गाउँपालिकाको एम्बुलेन्स झापाको एक ग्यारेजमा थन्किएको छ। गाउँपालिकाले खरिद गरेको १८ महिनामै एम्बुलेन्स ग्यारेजमा थन्किएको हो। 

मेची राजमार्गको फिक्कल खण्डबाट १९ किलो मिटर दुरीमा पालिकाको केन्द्र रहेको सो गाउँपालिकामा २३ हजार जनसंख्याका लागि एउटा मात्रै एम्बुलेन्सले सेवा दिँदै आएको थियो। 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसंकर देवले गाडीको पम्पमा समस्या आएपछि भारतबाट सामान झिकाउँदा मर्मतको काम ढिला भएको बताए। उनले डिजेलबाट चल्ने एम्बुलेन्सको पम्पमा समस्या आएकाले थन्किएको बताए। उनले चार दिन भित्रमा एम्बलेन्स आउने समेत जानकारी दिए।

स्रोतका अनुसार झापाको बुट्टाबारीस्थित मामा–भञ्जा ग्यारेजमा थन्किएको छ। ग्यारेजले १ लाख १२ हजार ७१७ रुपयाँको स्टिमेन्ट बनाएको छ। 

यस अघि गाउँपालिका अध्यक्ष चड्ने १७६ नम्बरको गाडी ठोक्किँदा तत्काल निर्माण गरिएपनि नागरिकलाई सेवा दिने एम्बुलेन्स बनाउन पालिकाले चासो नदिएको स्थानीयको गुनासो छ। स्रोतका अनुसार पालिकाको एम्बुलेन्सले विरामी बोकेको दुई लाखभन्दा बढि बक्यौता अहिलेसम्म उठेको छैन। स्वास्थ्य शाखा प्रमुख देवले भने बाहिर भनिए जस्तो बिरामी बोकेको बक्यौता नरहेको बताए। उनले भने ‘आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई त निशुल्क पनि बोक्नुपर्ने हुन्छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.