यस वर्ष पनि दिल्लीमा मच्चिदै डिजेको धुम, नेपालीलाई निमन्त्रणा
काठमाडौं : छिमेकी मुलुक भारतको संगीत र मनोरञ्जन उद्योगको सबैभन्दा ठूलो डिजे प्रदर्शनी यस वर्ष पनि दिल्लीको प्रगति मैदानमा हुँदैछ।
अगस्ट ८ देखि १० (अर्थात साउन २४–२६ गते) हुने उक्त प्रर्दशनीमा नेपालका संगीत, मनोरञ्जन तथा डिजेमा अभिरुचि राख्ने व्यक्ति तथा संस्थालाई आमन्त्रण गरिएको छ। भारतीय डीजे एक्सपोका संयोजक म्यानुएल डायसले प्रदर्शनीमा भारतका साथै नेपालबाट पनि उपस्थितिका लागि आग्रह गरिएको जानकारी दिए। आयोजक संस्थाको एक टोलीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपालबाट पनि डिजे इच्छुकको उपस्थितिका लागि अनुरोध गरेको छ।
डीजे एक्सपोका संयोजक डायसले भने,‘भारतीय डीजे एक्सपो प्लेटफर्मले सन् २०१४ मा स्थापना भएदेखि नै सरकार र जनताबाट पाएको समर्थन र प्रेम साँच्चै उल्लेखनीय छ। प्रदर्शनीले यो लक्ष्य हासिल गर्न मद्दत गर्ने अनौठा कारण छन्।’ उनका अनुसार ब्रान्डका अधिकांश निर्माता र वितरक दिल्लीका छन्। र, यो प्रदर्शनीले उद्योग व्यवसायीलाई आउँदो चाडपर्वको मौसमका लागि समयमै आफ्नो खरिदको योजना बनाउन मद्दत गर्ने गरेको छ।
भारतमा चाडपर्व, कार्यक्रम र मनोरञ्जनको व्यवसायमा लगानी बढाउँदै यस वर्षको डीजे एक्सपोमा ३० हजार बढी उद्योगी व्यवसायी सहभागी हुने आशा गरिएको आयोजक संस्थाका मनिष पाण्डेले जानकारी दिए।