नौ किलोमिटर पदमार्ग निर्माण

नौ किलोमिटर पदमार्ग निर्माण
सुन्नुहोस्

बेनी : म्याग्दीमा गत आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माण सम्बन्धी १८ वटा योजना सम्पन्न भएका छन्। 

चालु आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको १ करोड ५६ लाख रुपैयाँ बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन्। 

ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा ९ किलोमिटर भन्दा बढी पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख पोषानाथ शर्माले जानकारी दिए। ‘कार्यालयका सबै योजनाहरू कार्यान्वयन गरेका छौं,’ उनले भने ‘७ किलोमिटर ४८ मिटर नयाँ ट्रयाक बनाउने, ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको छ।’

उनका अनुसार, १ किलोमिटर ७२ मिटर पदमार्गमा ढुङ्गा छापेर पदमार्ग बनाइएको छ। थप १ किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर पक्की बनाइएको छ। पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यू पोइन्ट, वनभोजस्थललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका सब–इन्जिनियर सुमन बोगटीले जानकारी दिए। 

पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ। यस वर्ष सबैभन्दा धेरै २० लाख रुपैयाँ बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका–५ को खोप्रालेकमा पदमार्ग, भ्यू पोइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ।

जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा १०/१० लाख रुपैयाँ बजेटबाट पदमार्ग, रेलिङलगायतका पर्यटन पूर्वाधार निर्माण भएका छन्। बेनी नगरपालिका–९ स्थित ढोलथानमा १० लाख रुपैयाँ बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ।

महभिरदेखि करबाकेलीथान जाने बाटो, पनथोकदेखि मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नांगीदेवि थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा १०/१० लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ।

त्यसैगरी बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगङ्गा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयदेखि हवल्दारको चौतारासम्म रु ८ र ८ लाख बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ।

बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे–भूवाने, भालश्री छापाछाङ औसी– खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ– चाङ्गा जोड्ने बाटोमा पाँच/पाँच लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण तथा संरक्षण भएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.