काठमाडौं महानगरद्वारा पीडित किशोरीका बुबाविरुद्ध अभियोग दर्ता

काठमाडौं महानगरद्वारा पीडित किशोरीका बुबाविरुद्ध अभियोग दर्ता
सुन्नुहोस्

काठमाडौं : बाबुद्वारा यौन शोषणमा परेकी १७ वर्षीया किशोरीको उद्धार गरिएको छ। काठमाडौको लैनचौरमा बुबा, आमा, बहिनी र भाइसँगै बस्दै आएकी किशोरीलाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको हो। महानगरको बाल अधिकार समितिले किशोरीका बाबुविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोग दर्तासमेत गरेको छ। 

बाल अधिकार समितिका सदस्य प्रविन सिलवालको जाहेरीले नेपाल सरकारले किशोरीका बाबुविरुद्ध अभियोग दर्ता गरेको हो। अभियोग पत्रमा आरोपी बाबुले किशोरीलाई ४ कक्षमा पढ्दादेखि नै यौन शोषण गर्ने गरेको उल्लेख छ।

प्रहरी वृत लैनचौर र काठमाडौं महानगरको नगर प्रहरी तथा महानगर बाल अधिकार समितिको समन्वयमा किशोरीलाई गत असारमा लैनचौर खुसिबुस्थित उनी बसेको घरबाटै उद्धार गरेको थियो। किशोरीलाई हालः सेल्टरमा राखिएको छ। 

अदालतमा दर्ता गरिएको अभियोगपत्र अनुसार किशोरीलाई उनका बुबाले वेश्यावृत्तिमा लगाइरहेका थिए। १७ वर्षीया किशोरी हालः प्लस टुमा अध्ययनरत छिन्। उनका बुबाले कहिले गौशालाको पाँचथर होटल त कहिले स्याङजा वा कहिले भारतसम्म पुर्‍याएर जबरजस्तीकरणी र यौन शोषण गर्दै आएका थिए। किशोरीमाथि बुबाको ज्यादती यतिमै रोकिएन, उनलाई कुटपिट गर्दै जबरजस्ती होटल पुर्‍याएर अन्य साथीहरूलाई पनि यौन शोषण गर्न लगाएको अभियोग पत्रमा भनिको छ। 

होटलमा लगेर एकैदिन ६ जनासम्म व्यक्तिलाई बलात्कार गर्न लगाएको अभियोग पत्रमा उल्लेख छ। पीडित बालिकाले उनका बाबुले गर्भ निरोधक औषधि खुवाउने गरेको महानगर प्रतिनिधिसँग बताएकी छन्। बालिका बिरामी भएपछि उपचारका लागि भारतसम्म लैजाने गरेका थिए।
 
कक्षा ८ मा अध्ययन गर्दा प्लेन चढाउँछु भन्दै स्याङ्जामा लगेर होटलमा राखी बलात्कार गरेको पीडित किशोरीले प्रहरीसँग बताएकी छन्। प्रहरीले दायर गरेको अभियोगपत्र अनुसार  गत असार ३ गते उनका बाबुले आमाकै अगाडि बलात्कार गरेका थिए। किशोरीले प्रतिकार गर्दा बाबु-आमा दुवै मिलेर कुटपिट गरेका थिए। राति ९ बजे उनीहरू बस्ने डेराकै कोठामा बलात्कार गरेपछि किशोरीले बचाउ भन्दै  गुहार मागकी थिइन्। 

घरबेटीसमक्ष सूचना पुगेपछि घरधनीले महानगर प्रतिनिधिलाई खबर गरेका थिए। पीडित किशोरीले बाबुको ज्यादती र कुकर्मको बारेमा आफ्नी आमालाई पटक-पटक बताएकी थिइन्। तर, आमाले किशोरीलाई गाली गर्दै चुप लागेर बस्न भन्थिन्। समाजमा बेइज्जत हुन्छ, बाबुले बलात्कार गरेपनि पेट बोकेकी छैनस् भन्दै उनकी आमाले किशोरीलाई चुप लगाउने गरेको पीडित किशोरीको भनाइ छ। 

घटनाको विषयमा प्रहरी वृत लैनचौरले अनुसन्धान गरिरहेको छ। प्रहरीसँगको बयानमा आरोपी बाबुले भने आरोप अस्विकार गरेका छन्। उनले छोरीसँग विवाद भएको विषयमा गलत आरोप लगाएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.