महेश बर्तौला सत्तापक्षको मुख्य सचेतक नियुक्त
काठमाडौं : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्तापक्षको मुख्य सचेतकमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तौलालाई आज प्रतिनिधिसभामा सत्तापक्षको मुख्य सचेतकमा नियुक्त गरेका हुन्।
ओलीले नेकपा एमाले संसदीय दलको विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा असार २ गतेबाट लागू हुनेगरी मनोनयन गरेका हुन् ।
बर्तौला यसअघि नेकपा एमालेको सचेतक र प्रमुख सचेतक बनेका थिए। मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ ।