त्रिशूलीमा बेपत्ता बस चालकका छोरा-छोरीको शिक्षाको जिम्मा वीरगन्ज महानगरले लिने

त्रिशूलीमा बेपत्ता बस चालकका छोरा-छोरीको शिक्षाको जिम्मा वीरगन्ज महानगरले लिने
जवाहीरका परिवारलाई भेटेर सान्तवना दिँदै वीरगन्ज महानगरका मेयर राजेशमान सिंह। तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : चितवनको सिमलतालमा भएको बस दुर्घटनामा परी त्रिशूली नदीमा बेपत्ता भएको एन्जल डिलक्स बसका चालकको छोरा-छोरीको शिक्षाको जिम्मा वीरगन्ज महानगरपालिकाले लिने भएको छ। 

गत शुक्रबार नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता बनाएको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जेल डिलक्स बसका चालक जवाहीर महतोको नाबालक दुई छोरा र १ छोरीको शिक्षादीक्षाको जिम्मा वीरगन्ज महानगरपालिकाले लिने भएको हो। 

बससFगै त्रिशूली नदीमा बगेका वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३६ वर्षीय जवाहीरको अवस्था अझै अज्ञात छ। दुर्घटना भएको ६ दिन भइसक्दा पनि उनीसँगै अरु ४८ जना फेला पर्न सकेका छैनन्। 

बुधबार बिहान नगवास्थित जवाहीरको घरमा पुगेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पीडित परिवारसँग भेटे। पीडित परिवारको पीडामा आफूहरूसँगै रहेको बताउँदै मेयर सिंहले जवाहीरका दुई छोरा र एक छोरीको शिक्षादीक्षाको जिम्मा महानगरपालिकाले लिने बताए। उनले चालक जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको पनि बताए।

जवाहीरका बृद्ध बुबा भगवान महतोलाई सान्तवना दिँदै मेयर सिंहले भने, ‘तपाईँहरूको पीडासँगै हामी छौं। जवाहीरजीका छोरा छोरीका पढाइलिखाईको जिम्मा महानगरले लिन्छ। अरु केही सहयोग चाहिन्छ भने भन्नुहोला। हामी सहयोग गर्छौ।'
बुबा भगवान्का अनुसार, २ छोरा, १ छोरी र श्रीमती रहेका जवाहीरले रात्रि बस चलाएर जीविकोपार्जन गर्दै आएका थिए। घरको मूली (जवाहिर) नै नरहेपछि परिवार विचल्लीमा परेको दुखेसो उनले मेयर सिंहसामु सुनाए।

जवाहीरका शोकमग्न परिवारलाई भेटेपछि मेयर सिंहले उक्त दुर्घटनामा परेर बेपत्ता भएका वीरगन्ज महानगरका अरु दुई जनाको परिवारला ईपनि उनीहरूकै घरमै पुगेर बुधबार नै भेटेका छन्। 
   
शिक्षण अस्पताल काठमाडौंबाट बीएससी नर्सिङ पूरा गरि सेवा अवधिका लागि पत्र बुझ्न हिँडेका वीरगन्ज-१६ नगवामै बस्दै आएका अरबिन्द पणितका परिवारसँगपनि भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू सधैं रहेको बताए। नगवाकै नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पणितको परिवारलाई पनि मेयर सिंहले भेट गरे। काठमाडौंमा फर्निचरको काम गर्दै आएका उनी पनि एन्जल बसमै काठमाडौं गइरहेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.