जनताका समस्या सम्बोधन हुनेगरी स्वास्थ्य मन्त्रीले मागे समाधानको खाका

जनताका समस्या सम्बोधन हुनेगरी स्वास्थ्य मन्त्रीले मागे समाधानको खाका
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सबालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन्।

मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रिफिङसहितको भेटघाटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजना सहितको खाका तयार गर्न भनेका हुन्।

`सबै महाशाखाबाट समस्याका कुराहरू आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिन भित्र मलाइ लिखित रुपमा समाधानका विकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौं,´ मन्त्री पौडेलले भने।

उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नैपर्ने बताए। स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गने निकाय हामी नै हो,  मन्त्रालयको मेकानिजम भित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ,प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ,´ मन्त्री पौडेलले भने।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.