महाकाली सिँचाइ र तटबन्ध कार्यालयमा तालाबन्दी

महाकाली सिँचाइ र तटबन्ध कार्यालयमा तालाबन्दी
सुन्नुहोस्

महेन्द्रनगर : कञ्चनपुरका निमार्ण व्यवसायीहरू काम गरेको भुक्तानी नपाएपछि आन्दोलित बनेका छन्। सरकारले काम गरेको भुक्तानी नगरेपछि कञ्चनपुर निर्माण व्यवसायी संघको नेतृत्वमा महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरण र जनताको तटबन्ध कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरिएको छ। 

सरकारले काम गरेको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको निमार्ण व्यवसायि संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले जानकारी दिए। 'सरकारले काम गरेको रकम भुक्तानी नगर्दा निमार्ण व्यवसायीहरू समस्यामा परेका छन,' अध्यक्ष भट्टले भने, 'निमार्ण व्यवसायीको काम गरेको रकम नदिने कञ्चनपुर जिल्लाका सबै कार्यालयमा तालाबन्दी गर्छौ।' उनले पटक पटक आग्रह गर्दा समेत सरकारले भुक्तानी नगरेको बताए।   

सरकारले गत आर्थिक वर्षकै काम गरेको रकम भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको निमार्ण व्यवसायि बताउँछन्। काम गराएर भुक्तानी नदिने जिल्लाका अन्य कार्यालयमा पनि तालाबन्दी गरिने व्यवसायिहरु चेतावनी दिएका छन्। जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले शंकरजोशी जेभीको तीन करोड र रतला उग्रतारा जेभीको एक करोड भुक्तानी गर्न बाँकी छ। 

त्यसैगरि महाकाली सिचाँइ तेस्रो चरणबाट पनि निर्माण व्यवसाीहरुले चालिस करोड बढी भुक्तानी पाउन बाँकी रहेको महाकाली सिचाँइ तेस्रो चरण आयोजनाले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.