वीरगन्जको खानेपानी समस्या समाधान गर्न मन्त्रीसँग मेयरको आग्रह

वीरगन्जको खानेपानी समस्या समाधान गर्न मन्त्रीसँग मेयरको आग्रह
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर वीरगन्जमा भइरहेको खानेपानीको संकटबारे ध्यानाकर्षण गराएका छन्।

मन्त्री यादवलाई बधाई दिन बुधबार मन्त्रालयमा पुगेका मेयर सिंहले मन्त्री यादवको सफल कार्यकालको शुभकामना पनि दिए। त्यसै अवसरमा भएको छलफलमा मेयर सिंहले वीरगन्ज महानगरका विभिन्न वडामा पोहोर सालदेखि चापाकलहरु सुकेर खानेपानीको संकटसंग वीरगन्जबासी जुधिरहेको बताए। खासगरी महानगरका शहरी वडामा खानेपानीको संकट अहिले पनि विद्यमान नै रहेकाले पानीको आपूर्ति सम्बन्धी समस्या र पानी वितरण प्रणालीमा सुधार आवश्यकताको बारेमा मन्त्री यादवलाई विस्तृतरुपमा जानकारी गराए।

मेयर सिंहले वीरगन्जमा पानीको समस्या समाधानका लागि आवश्यक पर्ने संरचनात्मक सुधार, नयाँ परियोजनाहरूको थालनी र दीर्घकालीन योजनाहरूको कार्यान्वयनका लागि मन्त्री यादवबाट सहकार्यको अपेक्षा व्यक्त पनि गरे ।

जवाफमा मन्त्री यादवले वीरगन्जमा विद्यमान पानी संकटको समस्यालाई प्राथमिकतामा राख्दै समाधानका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए। उनले मन्त्रालयको तर्फबाट यथासम्भव चाँडो र प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै पानीको आपूर्ति व्यवस्थापनमा सुधार गर्नका लागि मेयर सिंहले दिएका सुझावहरूको सराहना पनि गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.