बिरिङ खोलाले पोल ढाल्यो, सात दिनपछि पिन्डलबारी गाउँमा बिजुली बल्यो

बिरिङ खोलाले पोल ढाल्यो, सात दिनपछि पिन्डलबारी गाउँमा बिजुली बल्यो
सुन्नुहोस्

झापा : भौगोलिक दृष्टिकोणले झापा जिल्लाकै विकट र दुगर्म मानिने कचनकवल गाउँपालिका-१ स्थित पिन्डलबारी गाउँमा एक सातापछि विद्युत् सेवा सुचारु भएको छ।

बिरिङ खोलामा आएको बाढीले तीन वटा विद्युतीय पोल र तारमा क्षति पुर्‍याएपछि पिन्डलबारीका बासिन्दा एक साता अन्धकारमा बस्न बाध्य भएका थिए। नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले अस्थायी रुपमा १०० केभी भोल्टेजको एउटा ट्रान्सफर्मर राखेर बुधबार दिउँसोदेखि गाउँमा विद्युत् सेवा सुचारु गरेको केन्द्र प्रमुख राजमणि बजगाईँले जानकारी दिए। 

बिरिङ खोलाको बीचमा रहेको तीन वटा पोल बाढीले ढालेकोले केही दिन सेवा अवरुद्ध भएको बताउँदै केन्द्र प्रमुख बजगाईँले भने, ‘बाढीले ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीको पोल ढालेको हो, खोला बढेको र मानवीय क्षतिलाई मध्यनजर गरी सेवा अवरुद्ध बनाइदिएको थियो।’ 

क्षति पुगेका पोलहरू अहिले नै बनाइ सेवा सुचारु गराउने अवस्था थिएन । त्यही भएर खोला वारी अस्थायीरूपमा टान्सर्फमर राखेर तत्काललाई गाउँमा बिजुली पुर्‍याएको उनले बताए। बर्खायाम सकिएपछि मात्र ढलेका पोलहरू पुनः मर्मत सम्भार गरिने उनको भनाइ छ। 

१४७ घरधुरी रहेको पिन्डलबारी गाउँमा विद्युत् सेवा अवरुद्ध भएको थाहा पाए लगतै झापा ३ बाट निर्वाचित सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन मंगलबार विद्युत् प्राधिकरणका प्रमुख तथा कर्मचारी लिएर स्थलगत अवलोकन गरेका थिए। अवलोकन पश्चात् वैकल्पिक रूपमा विद्युत् सेवा सुचारुका लागि सांसद लिङ्देनले पहल गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.