सेवा प्रवाहमा अब्बल बन्दै गुल्मी प्रशासन

सेवा प्रवाहमा अब्बल बन्दै गुल्मी प्रशासन

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मी सेवा प्रवाहमा अब्बल बन्दै गएको छ। नागरिक मैत्री सेवा प्रवाहका लागि प्रशासन कार्यालयले विद्युतीय टोकन, जेष्ठ नागरिक विश्राम स्थल, घरमै नागरिकता वितरण, बजार अनुगमनलगायतका काम गरेको पाइएको छ।

प्रशासनले उपभोक्ताको हितविपरीत हुने क्रियाकलाप रोक्न बजार अनुगमन, विकास निर्माणमा सहजीकरण गर्न स्थलगत अनुगमन, विपदमा स्थलगत अध्ययन गरी तत्काल राहत, कार्यालयमा सेवा लिन आउने जेष्ठ नागरिक तथा विभिन्न किसिमबाट अपांगता भएका सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्दै आएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार नागरिकको सहजताका लागि प्रशासन कार्यालय गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा पुगेर सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। जिल्लाको कारागार सुधारका लागि डबल डेकर, टिभी, विद्युतीय चुल्हो, पुस्तक वितरणका साथै समय समयमा कारागार व्यवस्थापनका लागि निरिक्षण कार्य गर्दै आएको प्रमुख जिल्ला अधिकारी 

शर्माले बताए।

त्यस्तै विकास निर्माण सहजीकरणतर्फ मदन भण्डारी राजमार्ग आयोजना, १३२ केभी प्रशारण, सालझन्डी ढोरपाटन सडक, कालीगण्डकी करिडोर र अन्य विकास निर्माणका काममा आउने अवरोधहरूमा सहजीकरण र अनुगमन निरीक्षण कार्यलाई प्रशासन कार्यालयले चासो दिएको प्रजिअ शर्माको भनाइ छ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयबाट प्रवाह भएका कामको सार्वजनिक समिक्षा कार्यक्रममा प्रशासन कार्यालयले प्रदान गर्ने मुख्य सेवाको बारेमा जानकारी गराइएको हो। प्रमुख जिल्ला अधिकारी शर्माले शान्ति सुरक्षा तथा स्थानीय प्रशासन, नागरिकता तथा राहदानी वितरण, विपद् व्यवस्थापन, बजार तथा विकास निर्माणका कार्यको स्थलगत निरीक्षण, लागु औषध नियन्त्रणमा भएका पहल तथा कार्यालयमा प्राप्त ठाडो उजुरी र गुनासो व्यवस्थापन सम्बन्धी कार्यको जानकारी दिएका थिए। उनले अघिल्लो आर्थिक बर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा केही कमी आएको बताए।

१ वर्षमा ६ करोड राजस्व संकलन
आर्थिक वर्ष २०७९/०८० मा प्रशासन कार्यालयले कुल ७ करोड ३८ लाख छ हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको थियो। तर, यस वर्ष राहदानी लिनेको संख्या घटेसँगै राजस्वमा पनि कमी आएको छ। प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा छ करोड ४१ लाख ६७ हजार तीन सय ५० रुपैयाँ राजस्व संकलन भएको छ। यो रकम गत वर्षको तुलनामा कम नै हो।

समीक्षा कार्यक्रममा प्रशासनले तीन वर्षयता कार्यालयबाट सम्पादन भएका मुख्य कार्य र त्यसको विवरण समेत सार्वजनिक गरेको छ। गत वर्ष प्रशासन कार्यालयमार्फत १० हजार ३ सय ६७ वटा नागरिकता जारी भएका थिए। यो वर्ष केही घटेर कार्यालयले नौ हजार छ सय १८ वटा जारी गरेको तथ्यांकमा उल्लेख छ।

प्रशासनले यस आर्थिक वर्षमा पाँच हजार ७ सय ३६ नागरिकता प्रतिलिपी, ४८ वटा गैरआवासीय नागरिकता वितरण र १२ हजार दुई सय ७३ वटा राहदानी सिफारिस गरेको छ। कार्यालयले १२ हजार ४ सय ५० राहदानी वितरण गरेको छ। त्यस्तै यो वर्ष प्रशासनले सात सय ६६ नाबालक परिचयपत्र वितरण गरेको छ।  १६ हजार ८ सय ४४ राष्ट्रिय परिचयपत्र विवरण दर्ता भए पनि कार्यालयले एक हजार नौ सय मात्र वितरण गरेको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा यस कार्यालयमा २८ वटा मुद्दा दर्ता भएका छन् भने २३ वटा फछर्योट भएका छन्। त्यस्तै ७८ वटा ठाडो उजुरी परेका छन्। एक हजार एक सय ४४ वटा नाता प्रमाणित भएका छन्। एक वर्षको अवधिमा प्रशासन कार्यालयमा २६ वटा नयाँ संस्था दर्ता भएका छन्। कार्यालयमा धेरै संस्था दर्ता भए पनि एक सय ७९  वटा मात्रै नवीकरण भएको प्रशासन कार्यालयले जनाएको छ। ७४ हातहतियार नवीकरण, चार सय ५३ दलित प्रमाणित, चार सय ९२ जनजाति प्रमाणित, ६६ खस आर्य र अन्य पाँच सय ३४ प्रमाणित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.