कस्तुरीको विनासहित हुम्लामा एकजना पक्राउ

कस्तुरीको विनासहित हुम्लामा एकजना पक्राउ
तस्बिर : अन्नपूर्ण

हुम्ला :  कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो ५ बजेतिर नाम्खा गाउँपालिका-२ का कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सिमकोट गाउँपालिका-६ स्थित तामाङको घरबाट ३४९ ग्राम कस्तुरीको विनासहित उनलाई  पक्राउ गरिएको हो।

उनी दिल्लीहुँदै साउन -१ गते बेलुकी सिमकोट पुगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताए । बरामद गरिएको कस्तुरीको विनाको मुल्य  ११ लाख रुपैयाँ जति पर्न आउने प्रहरी नायब उपरीक्षक खनालले बताए ।

बरामद गरिएको कस्तुरीको विना र तामाङलाई डिभिजन वन कार्यालय हुम्लालाई बुझाइने जिल्ला  प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब प्रहरी उपरीक्षक खनालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.