अहिले देशको अवस्था राम्रो छैन, खुसी हुने अवस्था छैन, हामीले बदल्नुपर्छ : प्रधानमन्त्री ओली


‘इन्जिनियरले राखेको मार्मिक माग जायज छ। पोजेटिभ सपोर्ट सरकारले गर्छ। ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश समस्यामा रहेकाले अवस्था बदल्नुपर्ने बताएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका हुन्।

ओलीले देशमा देखिएको समस्यालाई समाधान गरेर भविष्य उज्ज्वल बनाउन आफूहरू लागिरहेको धारणा राखे। ‘देश समस्यामा रहेको छ, देशको अवस्था राम्रो छैन र प्रशंसा गर्न लायक छैन।’ प्रधानमन्त्री ओलीले भने, ‘देशको इतिहास प्रशंसा गर्न लायक छ। देशको इतिहास राम्रो छ। गौरवपूर्ण इतिहास छ। भविष्य राम्रो छ। त्यसमा कुनै सन्देश छैन तर आज सन्तोष मान्न, खुसी हुन सकिने अवस्था छैन। हामीले यस अवस्था बदल्नुपर्छ।’ 

null

इन्जिनियरले राखेको मार्मिक माग र सरकारको तर्फबाट पाउन राखेको आकांक्षा राम्रो रहेकाले पूरा गर्न सरकार लागि पर्ने ओलीले बताए।

‘इन्जिनियरले राखेको मार्मिक माग जायज छ। हामीले केही गर्नुपर्छ भन्ने कुरा त सरकारका लागि, हाम्रो अवस्थाका लागि, हामी आफैंका लागि व्यङ्ग्य जस्तो छ।’ 

ओलीले आत्मसम्मान र उच्च नैतिक बलका साथ इन्जिनियर देश बनाउन लागि परेको भन्दै प्रशंसा गरे। उनले भने, ‘इन्जिनियरको साथमा सरकार छ। पोजेटिभ सपोर्ट सरकारले गर्छ। ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.