मन्त्री सिंह र चिनियाँ राजदूतबीच भेटवार्ता, हिमाली क्षेत्रमा १० शहर बनाउनेबारे छलफल
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालको शहरी क्षेत्रको विकासमा थप सहकार्य गर्न तत्पर रहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गर्दै राजदूत सोङले दुई देशबीचको शहरी क्षेत्रको विकासका लागि भइरहेको सहयोगबारे छलफल गर्दै थप सहकार्य गर्न तत्पर रहेको बताए।
त्यस्तै नेपालले बनाउने भनेको स्मार्ट सिटीलाई प्रविधिसँग आबद्ध गर्ने, ट्राफिक लाइट, सडक सुरक्षालगायतका क्षेत्र पनि सहयोग गर्नसक्ने राजदूत सोङले बताएका थिए।
त्यस्तै चीनसँग सीमाना जोडिएका हिमाली क्षेत्रमा १० वटा शहर बनाउने विषयमा पनि चीनले सहयोग गर्नसक्ने राजदूतले बताएको शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए।