संसदको १५ दिने क्यालेण्डर स्वीकृत
काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको गतिविधिलाई प्रभावकारी बनाउने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
सिंहदरबारमा बिहीबार सभामुखले संसदको १५ दिनको क्यालेण्डर, विषयगत समितिका सभापति चयनका साथै प्रधानमन्त्रीको विश्वासको मतका विषयमा छलफल गराएका हुन्।
छलफलले आगामी १५ दिनको क्यालेण्डरलाई अन्तिम रुप दिएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। त्यस्तै सदन र समितिमा रहेका विधेयकहरूका विषयमा पनि छलफल भएको उनले बताए। छलफलका क्रममा सदन र संसदीय समिति बैठकलाई प्रभावकारी बनाउनका लागि सभामुख घिमिरेले आग्रह गरेका थिए।