सडक सम्पर्कमा जोडियो तातोपानी नाका

सडक सम्पर्कमा जोडियो तातोपानी नाका
सुन्नुहोस्

सिन्धुपाल्चोक : नेपाल–चीन बीचको उत्तरी नाका तातोपानी जोड्ने सडक खण्ड बिहीबार अस्थायी रुपमा सडक सम्पर्कमा जोडिएको छ।

मोटरेवल पुल बगाएपछि सडक सम्पर्क टुटेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्डमा ह्युम पाइप बिछ्याएर अस्थायी सडक संरचनामार्फत सीमा नाका तातोपानी–बाह्रविसे जोडिएका हुन्। भारी वर्षाका कारण आएको बाढीले बाह्रविसे नगरपालिका–३ स्थित खागदलमा रहेको मोटरेवल पुल (बेलिब्रिज) सोमबार बगाएको थियो।

चार दिनपछि अस्थायी संरचनाले टुटेको सडक सम्पर्क जोडिएपछि सवारी साधन चल्न थालेका छन्। बाह्रविसे नगरपालिकाको नेतृत्वमा सडक जोडिएको हो। नगरको स्रोत, साधन प्रयोग गरेर अस्थायी सडक संरचना बनाइएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताए। ह्युम पाइको अस्थायी संरचना बनाउन सडक डिभिजन कार्यालय र सुरक्षा निकायले सघाएको बस्नेतले जनाए। 

बगाएको पुलका सामाग्री जुटाउन नेपाली सेनाले सहयोग गरेको थियो। ‘पछि काम लाग्न सक्ने ठानेर पुलका पार्टपूर्जा फुकालेर सुरक्षित राखेका हौँ,’ प्रमुख बस्नेतले भने। सडक सञ्चालनमा आएपछि तातोपानी भन्सार यार्ड र सडकमा अलपत्र परेका चिनियाँ सामाग्रीले भरिएका कन्टेनरसहित दर्जनौँ सवारी साधन पार भएका छन्। पुल बगाउँदा तातोपानी नाकाबाट हुने आर्थिक कारोबार प्रभावित हुन पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.