कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २३ गते

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २३ गते
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। कांग्रेसले साउन २३ गतेका लागि बैठक आह्वान गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने बताइएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका सदस्यसँगै आमन्त्रित सदस्यहरूको पनि सहभागिता रहने मुख्य सचिव पौडेलले बताए।

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन्। ओली नेतृत्वको सरकारमा कांग्रेससँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका मन्त्री पनि सहभागी छन्। सरकार सञ्चालनका विषयमा पनि कांग्रेस बैठकमा छलफल हुने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.