चिलीमा ७.३ म्याग्निच्युडको भूकम्प
स्यान्टियागो : चिलीको एन्टोफागास्तामा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जमिनभन्दा १२८ किलोमिटर तल रहेको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
भूकम्पबाट हालसम्म कुनै पनि जनधनको क्षतिको खबर आएको छैन । यसअघि गत जुन २९ मा पनि चिलीमा भूकम्प गएको थियो । त्यसबेला ५.२ म्याग्निच्युडको भूकम्प भएको जनाइएको छ।