एसीसी महिला एसिया कप : आज नेपाल र यूएई भिड्दै

एसीसी महिला एसिया कप : आज नेपाल र यूएई भिड्दै
सुन्नुहोस्

एसीसी महिला एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दै छ। श्रीलंकाको दाम्बुलास्थित रंगिरी दाम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले आफ्नो पहिलो खेलमा यूएईको सामना गर्न लागेको हो।

खेल नेपाली समयानुसार दिउँसो २:१५ बजेदेखि सुरु हुने छ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन्। यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। नेपालले जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोली दुई हप्ता अगाडि नै श्रीलंका पुगेको थियो। श्रीलंकामा नेपालले श्रीलंकाको डेभलपमेन्ट स्क्वाडसँग तीन वटा अभ्यास खेल खेलेको थियो। पहिलो र दोस्रो अभ्यास खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा दुई रनको रोमाञ्चक जित निकालेको थियो। 

एसीसीले अन्तर्राष्ट्रिय क्रिकेटपरिषद् (आईसीसी) को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसीसी महिला प्रिमियर कपको फाइनल खेलेका दुई टोलीलाई एसिया कप खेलाउने नियम बनाएको थियो। पछि मलेसियामा भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एसिया कप खेलाउने निर्णय गरेसँगै नेपालले प्रतियोगितमा सहभागिता जनाउने अवसर पाएको हो। योसँगै नेपाली महिला टोलीले तेस्रो पटक एसिया कपमा सहभागिता जनाउन लागेको हो। नेपालले यसअघि सन् २०१२ र २०१६ मा एसिया कपमा प्रतिस्पर्धा गरेको थियो। दुवै संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीमा सबनम राई, रुबिना क्षत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, पूजा महतो, सम्झना खड्का, डोली भट्ट, रोमा थापा, ममता चौधरी, किर्तिका मरासिनी र राजमती ऐरी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.