मापसे चेकिङ छलेको मोटरसाइकल नियन्त्रणमा लिँदा गाँजा बरामद

मापसे चेकिङ छलेको मोटरसाइकल नियन्त्रणमा लिँदा गाँजा बरामद
प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : विराटनगरमा मापसे (मादक पदार्थ सेवन) चेकिङ छलेर भागेको मोटरसाइकल नियन्त्रणमा लिँदा लागुऔषध गाँजा बरामद भएको छ । विराटनगर महानगरपालिका–९ शनिमन्दिरमा असइ श्यामदेव यादवको नेतृत्वमा रहेको ट्राफिक प्रहरीले बिहीबार राति ८:२० बजेतिर सवारीसाधन चेकजाँच गरिरहेको थियो । सवारीसाधनका चालकको मापसे चेकजाँच गरिरहेको ट्राफिक टोलीले प्रदेश १–०२–०४७ प ४४६५ नम्बरको मोटरसाइकललाई रोक्न खोज्यो । तर, नरोकिकन मोटरसाइकल लिएर चालक भागेका थिए । 

भाग्ने क्रममा उक्त मोटरसाइकलले पार्किङ गरेर राखिएको अर्को को २० प ८६६८ नम्बरको मोटरसाइकललाई ठक्करसमेत दिएको मोरङ प्रहरीका निमित्त प्रवक्ता, इन्सपेक्टर हेमराज ओलीले बताए । उनका अनुसार ठक्करबाट को २० प ८६६८ नम्बरको मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ । त्यसलगत्तै प्रदेश १–०२–०४७ प ४४६५ नम्बरको मोटरसाइकल छाडेर चालक फरार बने । 

लखेट्दै गएको ट्राफिक प्रहरीले केही पर पुगेपछि उक्त मोटरसाइकलका चालक धनकुटाको सहिदभूमि गाउँपालिका–७ का अन्दाजी ३८ वर्षीय जीवन राईलाई नियन्त्रणमा लिएको इन्सपेक्टर ओलीले बताए । उनका अनुसार राईले बोकेको झोला खानतलासी गर्दा १९ किलोग्राम गाँजा फेला परेको छ । 

पक्राउ परेका चालकसहित नियन्त्रणमा लिइएको मोटरसाइकल र गाँजालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । मोटरसाइकलको प्रयोग गरेर गाँजा भारत कटाउन खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.