जुसको बोतलमा कोकिन मिसाएर तस्करी,नाइजेरियन नागरिकसहित दुईजना पक्राउ

जुसको बोतलमा कोकिन मिसाएर तस्करी,नाइजेरियन नागरिकसहित दुईजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : जुसको बोतलमा कोकिन मिसाएर तस्करी गर्ने दुईजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अन्सारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुला रहेका छन् ।  उनीहरूको साथबाट एक किलो एक सय ग्राम कोकिन बरामद भएको छ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले  उनीहरूलाई काठमाडौं- ९ पिंगलास्थानको एक होटलबाट पक्राउ गरेको हो । लागुऔषध व्यूरोका सूचना अधिकारी प्रेमबहादुर शाहीका अनुसार नाइजेरियन नागरिक यहि साउन १ गते कतार एयरलाइन्सबाट नेपाल आएका थिए । उनले कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर कोकिनको क्याप्सुल लिएर आएका थिए । भिजिट भिसामा नेपाल आएका नाइजेरियन नागरिकले शरीरमा लुकाएर पिंगलास्थानको होटलसम्म पुर्‍याएका थिए । 

प्रहरीका अनुसार ३ करोड ८५ लाख बराबरको कोकिन भारतसम्म पुर्‍याउने उद्देश्यले नेपाल ल्याइएको हो । विशेष सूचनाको आधारमा प्रहरीले नाइजेरीयन पुरुषलाई पछ्याउँदै पिंगलास्थानको होटलसम्म पुगेको थियो । प्रहरी पुग्दा उनीसँग भएको कोकिन भारतीय नागरिक अन्सारीले लिएर त्यहाँबाट गइसकेको थिए । 

पक्राउ परेका नाइजेरिएन नागरिकले दिएको  सूचनाको आधारमा प्रहरीले ठमेलस्थित एक होटलबाट भारतीय नागरिकलाई पक्राउ गर्‍यो । उनले नाइजेरियन युवकबाट लिएको कोकिनलाई जुसको बोतलमा हालेर लुकाएका थिए । 

नसिममुद्दिन साउन १ गते इन्डियो एयरलाइन्सको विमानबाट मुम्बई हुँदै नेपाल आएका थिए । उनलाई काठमाडौं –२६, ठमेलस्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागुऔषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतीय नागरिक अन्सारी यसअघि पनि नेपाल आएका थिए भने नाइजेरियन नागरिक पहिलो पटक नेपाल आएका हुन् । कोकिनको मु्ख्य आयातकर्ता भने भारतमा लुकेर बसेको प्रहरीले जानकारी दिएको छ।

व्यूरोका सहप्रपक्ता शाही भन्छन्,'कोकिन तस्करीको अन्तर्राष्ट्रिय गिरोह पक्राउ गर्ने कोशीस गरिरहेका छौं । लागुऔषध बोकेर नेपाल आएका व्यक्तिहरूले विभिन्न शंकास्पद गतिविधि गर्ने गर्छन । उनीहरूको गतिविधि र यात्रा विवरण अध्ययन गरेर प्रहरीले तस्कर समूहको खोजी गर्ने गर्छ । '

कोकिनसहित पक्राउ परेका दुवैजनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भइअनुसन्धान भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.