संसद भवनको निर्माण ढिलाइमा सभामुख असन्तुष्ट, बोलाए सहरी विकास मन्त्री सिंहलाई
काठमाडौं : निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले चासो राखेका छन्। यस विषयमा बुझ्न सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरबारमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह,सचिव,भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमखसहित उच्च अधिकारीहरूलाई बोलाएका छन्।
बुधबार पूर्वजानकारीबिना सभामुख घिमिरेले निर्माणाधिन संसद भवन पुगेका थिए। संसद भवन पुग्दा त्यहाँ कामदारको संख्या न्यून थियो। तीन सिफ्टमा काम गर्ने भनिए पनि डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको थियो। ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न सकेनन् ।
पाँचौ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए।