बाजुरामा जता सडक, उतै पहिरो

बाजुरामा जता सडक, उतै पहिरो
साँफे मार्तडी सडक खण्डको बुढीगंगा नगरपालिका- ३ ताँप्रीसेरा नजिकै पहिरोले अवरुद्ध सडक ।  तस्बिर : पदमबहादुर सिंह

बाजुरा : लगातारको अविरल वर्षासँग आएको पहिरोका कारण सदरमुकाम जोड्ने साफे,मार्तडी सडकलगायत जिल्लाका अन्य शाखा सडकहरू अवरुद्ध भएका छन्। बुधबार  रातिदेखि आएको वर्षाका कारण साफे मार्तडी सडक अन्तर्गत बुढीगंगा नगरपालिका- ३ ताँप्रीसेर बडिमालिका नगरपालिका- ४ रिला र वडा नम्बर ९ कारागार नजिकै पहिरो आएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ। सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका यातायात बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।  अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय साँफेमा समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

null

पानी परिरहेकाले सडक तत्काल खुलाउन समस्य देखिएको पोडेलले जानकारी दिए । तगातार पानी परिरहे अन्य ठाउँमा समेत पहिरो जाने सम्भावना रहेकाले स्थानीयहरूलाई सचेत रहन प्रमुख जिल्ला अधिकारी पौडेलले अनुरोध गरेका छन् । 

ग्रामीण सडक सब बन्द

जिल्लाको पूर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी,कोल्टी सडक विगत एक महिनादेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा जिल्लाका उत्तर पूर्व क्षेत्रका नागरिकहरूलाई  पैदल यात्रा गरेर सदरमुकाम मार्तडी र अन्य ठाउँमा जानुपर्ने वाध्यता छ।

मार्तडी कोल्टी सडक खण्ड ठाउँठाउँमा पहिरोका कारण अबरुद्ध भएको छ भने बाहुली, अनाई, नाउलेगाड, दानसाँघुलगायतका पुल  सञ्चालनमा थप समस्य भएको मार्तडी जीप काउण्टरका मनोज बोहोराले बताए । उनले भने,' खोलाहरू सबैमा पुल छैन। बाँकी ठाउँमा पहिरोले सडक बन्द छन्। यातायात सबै ठाउँठाउँमा अलपत्र छन् ।'

लगातारको वर्षाका कारण मार्तडी, घटमुना बल्दे आटिचौर हुँदै बझाङ जोड्ने सडक,डाब बजार खप्तड पर्यटन सडक,बाम्का त्रिबेणी सडक समेत अवरुद्ध बनेका छन् । मार्तडी, कोल्टी सडक अवरुद्ध हुँदा उत्तरी भेगका स्थानीयले सास्ती भोग्दै आएका छन् । बाटो अप्ठ्यारो भएकाले आवतजावात गर्न निकै कठिन हुने गरेको यात्रुहरूले बताए।

सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीयहरूले हरेक वर्षा याममा पैदल यात्रा गर्न बाध्य हुनु परेको हो। । जथाभावी रुपमा खनिएका सडकहरूले जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराको तथ्यांकमा रहेको छ ।

प्राविधिक रुपमा चेकजाँच नै नगरी काटिएका सडकहरूले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सडकहरू भएपछि लामो तथा छोटो दुरीका सवारी साधन बन्द भएका छन् । अछामको साँफेदेखि मार्तडीसम्म ५७ किलोमिटर रहेको सो सडकखण्ड धेरै भाग नदी कटानका कारण जोखिममा छ। सडकको १९ किलोमिटर अछाममा पर्छ भने बाँकी क्षेत्र बाजुरामा पर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.