गृहमन्त्री लेखक र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

गृहमन्त्री लेखक र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ।  शुक्रबार बिहान गृह मन्त्रालयमा भएको भेटवार्ताको क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाइ तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको मन्त्री लेखकको सचिवालयले जनाएको छ।

भेटमा राजदूत थम्पसनले नेपालको सामाजिक र आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न आफू सधैं इच्छुक रहेको बताएका थिए। उनले एमसीसी परियोजनाले नेपालको समृद्धिमा उल्लेखनीय योगदा‍न पुग्ने विश्वास गर्दै परियोजना कार्यान्वयनमा नेपाल सरकारको तर्फबाट सधैं सहयोग हुने अपेक्षा व्यक्त गरेका थिए।

यसैगरी गृहमन्त्री लेखकले नेपाल र अमेरिकाका बीच ७० वर्ष पुरानो द्विपक्षीय सम्बन्ध कायम भएको,लोकतन्त्र,मानव अधिकार,कानुनी शासनलगायतका विषयमा दुबै देशको साझा धारणा रहेको बताएका थिए।

मन्त्री लेखकले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकाको सहयोग रहँदै आएको बताउँदै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न  नेपालको चासो र चिन्ताको विषयलाई अमेरिकाले समर्थन गर्ने अपेक्षा व्यक्त गरेका थिए।

नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरूले प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई भेटेर बधाइ तथा शुभकामना दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.