परराष्ट्रमन्त्री राणा र अमेरिकी राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र अमेरिकी राजदूतबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राजदूत थम्पसनले मन्त्री राणालाई बधाइ तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

मन्त्री राणा र राजदूत थम्पसनबीच दुई देशको सम्बन्ध र विकास साझेदारीलगायत विविध पक्षमा  छलफल भएको थियो। भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरूले प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई भेटेर बधाइ तथा शुभकामना दिइरहेका छन्। आजै राजदूत थम्पसनले गृहमन्त्री रमेश लेखकलाई भेटेर बधाइ तथा शुभकामना दिएका थिए।


 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.