त्रिशुलीमा बस दुर्घटना : फेला नपरेपछि कुशको शव बनाएर सृष्टि यादवको गरियो दाहसंस्कार

त्रिशुलीमा बस दुर्घटना : फेला नपरेपछि कुशको शव बनाएर सृष्टि यादवको गरियो दाहसंस्कार
कुशको शव बनाएर सृष्टि यादवको दाहासंस्कार गरिँदै। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिमरा : त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । घटनाको छैठौं दिनसम्म स्थिति अज्ञात बनेपछि कलैया उपमहानगरपालिका- १४ की सृष्टिका अभिभावकले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।

शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको परिवारले जनाएका छन् । सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रुपमा कार्यरत रहेकी थिइन् । उनी परीक्षा दिनका लागि काठमाडौंतर्फ जाँदै थिइन् । 

उनी चढेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपती डिलक्स बस असार २८ गते सिमतालको पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो ।

उक्त घटनामा ६५ यात्रुमध्ये ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म २० जनाको शव फेला परेको छ भने ४२ जनाको अवस्था अज्ञात छ ।  उक्त घटनामा बाराका चार यात्रु परेका थिए । सृष्टिसँगै प्रसौनी गाउँपालिकाका- २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवी र बारा बिश्रामपुर ३ का प्रमानन्द पण्डित पनि बसमा सवार थिए। शव फेला पर्ने स्थिति नदेखेपछि कुर्मीको परिवारले यसअघि नै कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.