बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री डा.राणाको चासो

बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री डा.राणाको चासो
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिएकी छन्। मन्त्री डा. राणाले आज राजदूत भण्डारीलाई टेलिफोन सम्पर्कगरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिएकी हुन्। 

त्यसक्रममा उनले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आ-आफ्ना स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।

राजदूत भण्डारीले त्यहाँ रहेका सबै नेपालीलाई अतिआवश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर नजान आग्रह गरिएको तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न सूचित गराइएको जानकारी गराएका छन्। बङ्गलादेशमा केही दिन यतादेखि विद्यार्थीहरूले सडक प्रदर्शन गरिरहेका छन् ।

बंगलादेशमा सरकारी जागिरमा प्रदान गरिएको आरक्षण विरोधमा जारी आन्दोलनले हाल उग्र रुप लिएको छ। प्रदर्शनकारीहरूले बिहीबार साँझ बंगलादेशको मुख्य सरकारी टेलिभिजन च्यानल बीटीभीको मुख्यालयमा आगजनी गरेका थिए। एएफपी रिपोर्टका अनुसार बिहीबार साँझ सयौं प्रदर्शनकारीहरू बीटीभीको क्याम्पसमा प्रवेश गरेका थिए। उनीहरुले त्यहाँ ६० भन्दा बढी गाडीमा आगजनी गरे।

प्रधानमन्त्री शेख हसिनाले टीभीमा अन्तर्वार्ता दिएकी थिइन् । बिहीबार विद्यार्थी र प्रहरीबीच हिंसात्मक झडप भएको थियो । एएफपी रिपोर्टका अनुसार बिहीबार भएको हिंसामा कम्तीमा २५ जनाको मृत्यु भएको समाचार विभिन्न सञ्चारमाध्यमा छन्। यसबाहेक एक हजारभन्दा बढी घाइते भएका जनाइएको छ। आन्दोलन सुरु भएयता कम्तीमा ३२ जनाको मृत्यु भइसकेको दैनिक भास्करले उल्लेख गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.