स्याङ्जामा ८५ प्रतिशत रोपाइँ

स्याङ्जामा ८५ प्रतिशत रोपाइँ
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जामा यसवर्ष रोपेको धानबाट १ अर्ब ७० करोड मूल्य बराबरको धान उत्पादन गर्ने लक्ष्य लिइएको छ। 

कृषि ज्ञान केन्द्र स्याङ्जाले १४ हजार हेक्टर क्षेत्रफलमा धान रोपी ५६ हजार मेट्रिक टन उत्पादनको लक्ष्य लिएको कार्यालय प्रमुख बिनोद हमालले जानकारी दिए। उनले भने, ‘प्रतिकिलो न्यूनतम् मूल्य ३० रुपैयाँ सरकारी मूल्य तोकिएको र प्रतिहेक्टर ४ मेट्रिक टन धान फलाउने कार्यालयको अनुमान छ।’ 

गतवर्ष ५४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। गतवर्ष भन्दा यसवर्ष २ हजार मेट्रिक टन उत्पादन बढ्न सक्ने कार्यालयले जनाएको छ। स्याङ्जामा सबैभन्दा धेरै रामधान, साबित्री, सुनौलो सुगन्धा, सावा मन्सुली र स्थानीय जातका धान रोप्ने गरिन्छ। 

साउनको पहिलो साता सकिन लाग्दा धान रोपाइँ गरिने जग्गा मध्ये स्याङ्जामा ८५ प्रतिशत रोपाइँ सकिएको छ। अघिल्लो वर्ष ९२ प्रतिशत रोपाइँ सकिएको थियो। 

१४ हजार हेक्टर क्षेत्रफल मध्ये शुक्रबारसम्म १२ हजार ६ सय हेक्टरमा धान रोपाइँ सकिएको हो। प्रमुख हमालका अनुसार ‘यहाँका ११ पालिकामा भएका रोपाइँका आधारमा औसतमा ८५ प्रतिशत रोपाइँ सकिएको हो।’

सबैभन्दा धेरै हरिनास, फेदिखोला र आँधीखोला गाउँपालिकामा भएका छन्। यी तीनवटै पालिकामा ९५ प्रतिशत रोपाइँ सकिएका हुन्। सबैभन्दा कम चापाकोट नगरपालिकामा ७० प्रतिशत भएको छ।

पुतलीबजार, भीरकोट र वालिङ नगरपालिकासहित बिरुवा गाउँपालिकामा ९० प्रतिशत रोपाइँ सकिएका छन्।  गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा भने ८० प्रतिशत रोपाइँ सकिएको पालिकामा कार्यरत कृषि प्राविधिकहरू जनाएका छन्।

बाढी पहिराका कारण स्याङ्जामा सयौं हेक्टर जमिन प्रभावित बनेको छ। धेरै खेत बगरमा परिणत भएका छन् भने कयौं खेतमाथि पहिरोले पुरिएका छन्। 

नहर/कुलोमा पानी चल्न नपाउँदा चापाकोट र गल्याङ नगरपालिकामा रोपाइँका लागि कठिनाइ भएको छ। भारी वर्षाले मुहान भत्काएकाले गतवर्ष भन्दा १० प्रतिशत कम रोपाइँ भएको प्रमुख हमालले जानकारी दिए। जिल्लाका सबै पालिकामा धान खेती हुने गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.