म्याग्दीको गलेश्वरमा बहुउद्देश्यीय सभाहल

म्याग्दीको गलेश्वरमा बहुउद्देश्यीय सभाहल
सुन्नुहोस्

बेनी : म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा बहुउद्देश्यीय सभाहल निर्माण भएको छ। सभाहल निर्माणमा गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि पनि परिचालन भएको छ। 

गलेश्वर जेष्ठ नागरिक आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकहरूको सुविधाका लागि निर्माण गरिएको सभाहलको बेनी नगरपालिका ९ का वडा अध्यक्ष चक्र केसी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले शुक्रबार उद्घाटन गरे।  

१८ लाख ४९ हजार ६५० को लागतमा निर्माण भएको प्रिफेब प्रविधिको सभाहलको क्षमता १३० जना रहेको छ। भवन निर्माण समितिका कोषाध्यक्ष लक्ष्मण चालिसेले १९ लाख ७४ हजार २७६ रुपैयाँ लागत अनुमान गरिएको सभाहल अनुमान भन्दा कम खर्चमा सम्पन्न गरेको बताए।   

सामुदायिक स्वास्थ्य इकाईको भवनमा तला थप गरेर सभाहल बनाइएको हो। सभाहल निर्माणका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले १५ लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष रेग्मीले बताए। ‘गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीको रकम मध्येबाट सभाहल बनाउन सहयोग गरिएको हो,’ उनले भने। 

यसैगरी गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको ३ लाख ४९ हजार ६५० रुपैयाँ लगानी भएको छ। भवनमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले ५० हजार रुपैयाँ मूल्य बराबरको सोफासेट र पोडिएम उपलब्ध गराएको प्रतिनिधि बालकृष्ण खत्रीले बताए।  

सभाहल निर्माण भएपछि जेष्ठ नागरिकहरूलाई भजनकिर्तन गर्न, कार्यक्रम सञ्चालन गर्न र आश्रय लिनका लागि सहज भएको गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताए। 

यसअघि जेष्ठ नागरिक भजन कीर्तनका लागि गलेश्वर मन्दिरमा जाने गरेका थिए। खुल्ला ठाउँमा कार्यक्रम आयोजना गर्नुपर्ने समस्या थियो। आश्रममा हाल ५० जना जेष्ठ नागरिक रहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.