माओवादी, एकीकृत समाजवादी र रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, सत्तापक्ष निरंकुश बन्नसक्ने तीन दलको निष्कर्ष

माओवादी, एकीकृत समाजवादी र रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, सत्तापक्ष निरंकुश बन्नसक्ने तीन दलको निष्कर्ष
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी तीन दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालेको छ। तीन दलले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने निष्कर्ष पनि निकालेको छ।

सिंहदरबारमा शुक्रबार बसेको माओवादीसहित रास्वपा र नेकपा एकीकृत समाजवादीका नेताहरूको बैठकले ठूला दुई दल कांग्रेस र एमालेको सरकार संविधान जगमा टेकेर बनेको निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सरकार संविधानको ७६(३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा संविधानको ७६(२) अनुसार गठन भएकाले यो विषयलाई सदनमा सशक्तरूपमा उठाउने सहमति भएको उनले बताए। सत्तापक्ष निरङ्कुश बन्नसक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको भन्दै उनले जनतामा देखिएको आशंकालाई प्रतिपक्षबाट सशक्त खबरदारी गर्ने बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मतका विषयमा प्रतिपक्षी दल साझा धारणा बनाएर अघि बढने बताए। उनले भइरहेको सरकारलाई ढालेर नयाँ सरकार बनाउने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने आधार नभएको जिकिर गरे।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.