सूर्यदर्शनबाट ४ करोड ८८ लाख गोरखा मिडियामा प्रवाह भएको देखियो : संयोजक थापा

सूर्यदर्शनबाट ४ करोड ८८ लाख गोरखा मिडियामा प्रवाह भएको देखियो : संयोजक थापा
सुन्नुहोस्

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायसँग छलफल गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सहकारी सञ्चालनको अवस्थाका बारेमा सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायका पदाधिकारीहरूसँग छलफल गरेको हो। समितिको कार्यादेशको अनुसूची २ मा रहेका सूर्यदर्शन, सानोपाइलालगायतका सहकारीका सम्बन्धमा छलफल भएको समिति संयोजक सूर्य थापाले जानकारी दिए। 

उनले स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये १ हजार ९ सय २३ वटा सहकारी काठमाडौंमा रहेको पाइएको बताए। त्यस्तै गोर्खा मिडियामा सूर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख र  २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सीधै २० लाख र जीबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको थापाले बताए।

त्यस्तै उनले सुप्रिम सहकारीमा समस्या आएपछि, प्रदेशको नियामक निकायले पनि अध्ययन गरेको देखिएको बताए। देशभरमध्ये बागमती प्रदेशमा २ सय ८४ भन्दा बढी सहकारीविरुद्ध उजुरी परेको जानकारी प्राप्त भएको संयोजक थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.