खेल क्षेत्रको विकास गरेर नयाँ आयाम थप्न प्रधानमन्त्री ओलीलाई सुझाव

खेल क्षेत्रको विकास गरेर नयाँ आयाम थप्न प्रधानमन्त्री ओलीलाई सुझाव
सुन्नुहोस्

काठमाडौं : नेपाल खेलकुद महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेल क्षेत्रको विकासमा ध्यान दिन सुझाव दिएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली बधाई तथा शुभकामना व्यक्त गर्दै यो कार्यकालमा खेलकुद क्षेत्रको विकास गरेर नयाँ आयाम थप्न सुझाव दिएको हो। 

प्रधानमन्त्री ओलीलाई नेपालमा सम्भावना देखिएका खेलहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सुझाव दिएको महासंघका कोषाध्यक्ष एवम् प्रवक्ता उज्वल सुवेदीले जानकारी दिए। ‘एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उहाँलाई बालुवाटारमा पुगेर संघका अध्यक्ष पर्शुराम बस्नेतसहित पदाधिकारीले बधाई तथा शुभकामनासहित खेलकुद विकासको बारेमा सुझाव दियौं।’ उनले भने,‘प्रधानमन्त्रीले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै ३०० दिनभित्र किर्तिपुरमा रहेको टीयू क्रिकेट रंगशालालाई फ्लडलाइटसहित अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा स्तरोन्नति गर्ने निर्णय भएको छ। यसको स्वागत गर्दै खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरेका छौं।’

खेलकुद पूर्वाधारको रोकिएका काम अब धमाधम अगाडि बढ्ने महासंघको विश्वास छ। कोषाध्यक्ष सुवेदीले सरकारको निर्णयले खेलप्रेमीमा सकारात्मक सन्देश प्रवाह भएकाले अन्य खेलकुद मैदानको भौतिक पूर्वाधारको विकासमा पनि जोड दिन आग्रह गरेको बताए। नेपाल खेलकुद महासंघले खेल प्रतिभाहरूको पहिचान र विकासका लागि प्रत्येक खेल क्षेत्रमा एकेडेमी स्थापना गर्न र तत्कालका लागि क्रिकेट लगायत नेपालको सम्भावना प्रकट भएका खेलहरूमा काम थाल्न सरकारलाई सुझाव दिएको सुवेदीले बताए। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न खेलाडीलाई पनि साथमा लिनुपर्ने महासंघको जोड छ।

राष्ट्रिय गौरवका आयोजना,राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र रणनीतिक महत्त्वका पूर्वाधार निर्माणका लागि छुट्टै संरचनागत र कानुनी व्यवस्था गरेर समयमा नै सम्पन्न गर्नुपर्ने महासंघको सुझाव छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.