बर्दिया अदालतमा सम्बन्ध विच्छेदका मुद्दाको चाङ

बर्दिया अदालतमा सम्बन्ध विच्छेदका मुद्दाको चाङ
बर्दिया जिल्ला अदालत । तस्बिर : यादव आचार्य
सुन्नुहोस्

गुलरिया : बर्दिया जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । वर्षभरि दर्ता भएका विभिन्न मुद्दाहरूमध्ये सम्बन्धविच्छेदको मुद्दा बढी दर्तासँगै फैसला पनि भएका छन् । 

आर्थिक वर्ष २०८०/०८१ मा बर्दिया जिल्ला अदालतमा विभिन्न शीर्षकमा २ हजार १ सय १३ वटा मुद्दाको वास्तविक लगत रहेकोमा सम्बन्धविच्छेदको मुद्दातर्फ जिम्मेवारी सरेको १ सय ३०, नयाँ दर्ता ४ सय ४४ गरी ५ सय ७४ वटा मुद्दाको लगत कायम रहेको बर्दिया जिल्ला अदालतकी शाखा अधिकृत अमृता केसीले बताइन् । सम्बन्ध विच्छेदतर्फको लगत मुद्दामध्ये ४ सय ४८ वटा मुद्दा गत असार मसान्तभित्र फैसला भइसकेको र १ सय २६ वटा मुद्दा फैसला गर्न बाँकी छन् ।

उनले भनिन्, ‘नयाँ दर्ता मुद्दाको सबैभन्दा धेरै ३१ दशमलव ८२ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको दर्ता भएको र ३४ दशमलव ३० प्रतिशत मुद्दा फस्र्योट भएका छन् ।’ बर्दिया जिल्ला अदालतका जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीका अनुसार सम्बन्धविच्छेदका मुद्दा बढ्दै गइरहेको छ । आर्थिक विपन्नता, वैदेशिक रोजगारी, पारिवारिक बेमेलका कारण सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको हो । पछिल्लो समय बालविवाह पनि सम्बन्धविच्छेदको कारक बन्दै गएको छ । समग्रमा बर्दिया जिल्ला अदालतमा मुद्दा दर्ताको संख्या बर्सेनि बढेको छ । 

आर्थिक वर्ष २०७८/०७९ मा मुद्दाको कुल लगत १ हजार ८ सय ७५ मध्ये १ हजार १ सय १० वटा मुद्दा फस्र्योट भएका छन् । त्यस्तै २०७९/०८० को लगत १ हजार ९ सय ५५ मध्ये १ हजार २ सय ३७ वटा मुद्दा फस्र्योट भएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ को मुद्दाको कुल लगत २ हजार १ सय १३ मध्ये १ हजार ३१० (६२ प्रतिशत) मुद्दा फस्र्योट भएको अधिकृत केसीको भनाइ छ । जसमध्ये १ हजार ३ सय ६८ मुद्दा फस्र्योटको लक्ष्य थियो । गत वर्षको ८ सय ३ वटा मुद्दा फस्र्योट हुन बाँकी छन् । 

बर्दिया जिल्ला अदालतमा न्यायाधीश कमलप्रसाद ज्ञवाली र टेकराज जोशीको इजलासमार्फत न्याय सम्पादन हुँदै आएको छ । न्यायाधीश कैलाशप्रसाद सुवेदीले लक्ष्यअनुसारको ६ सय ८४ वटा मुद्दामध्ये २ सय ५५ वटा मुद्दा फस्र्योट गरी उच्च अदालतमा बढुवा भई गएपश्चात जिल्ला न्यायाधीश ज्ञवालीको इजलासमा ३ सय ६५ वटा मुद्दा फस्र्योट भएका छन् । सरुवाबढुवाको प्रक्रियाका कारण न्यायाधीश ज्ञवालीको 

इजलासमा लक्ष्यअनुसार मुद्दा फस्र्योट हुन सकेन । त्यस्तै, न्यायाधीश टेकराज जोशीको इजलासमा लक्ष्यअनुसारको ६ सय ८४ मुद्दामध्ये लक्ष्यभन्दा ६ वटा बढी ६ सय ९० वटा मुद्दा फस्र्योट भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.