जासुसीको आरोपमा रुसमा अमेरिकी पत्रकारलाई १६ वर्ष जेल
अमेरिकी संवाददाता इभान गेर्शकोभिचलाई शुक्रबार रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा १६ वर्षको कारागार सजाय सुनाएको छ।
अदालतको उक्त फैसला तीन साताभन्दा धेरैसमय लुकाइएको जनाइएको हो। यसलाई वासिङ्टनले ‘जालसाजी’ भनेको छ।
पहिला नै दोषी ठहर नगरिएसम्म कैदीहरूलाई अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान नगर्ने रुसको नीति छ।
न्यायाधीश आन्द्रेई मिनेयेभले भने, 'उनलाई कठोर शासनको कोलोनीमा १६ वर्षका लागि कारागार सजाय सुनाइएको थियो।'
कालो ट्राउजर र टि–सर्ट लगाएका गेर्शकोभिचले प्रतिवादीको कठघरामा उभिएर आफूले पाउने सजायप्रति कुनै प्रतिक्रिया व्यक्त गरेनन्। आफूलाई लैजाँदा उनले पत्रकार साथीहरूलाई हात हल्लाए।
आफूलाई निर्दोष बताउने वाल स्ट्रिट जर्नलका संवाददाता गेर्शकोभिच शीत युद्धपछि रुसमा जासुसीको आरोप लगाइएका पहिलो पत्रकार बनेका छन्। उनलाई सन् २०२३ मार्चमा रुसी सहर येकातेरिनबर्गमा हिरासतमा लिइएको थियो।
वासिङ्टनले विदेशमा सजाय पाएका रुसीहरूको रिहाइको लागि गेर्शकोभिचलाई बार्गेनिङ चिपका रूपमा राखिएको आशंका व्यक्त गरेको छ।