मकवानपुरका कुन स्थानीय तहले कति गरे खर्च ?

मकवानपुरका कुन स्थानीय तहले कति गरे खर्च ?
सुन्नुहोस्

हेटौंडा : भौगोलिक रूपमा विकट मानिएको कैलाश गाउँपालिकाले जिल्लाको १० स्थानीय तहमध्ये चालु आर्थिक वर्ष २०८०/०८१ मा तुलनात्मक रूपमा चालुतर्फभन्दा पुँजीगततर्फ बढी खर्च गरेको छ। 

कैलाशले चालु आवको लागि कुल ५२ करोड ४२ लाख रुपैयाँ बजेट कार्यान्वयन गरेकोमा ४३ करोड ५५ लाख बजेट खर्च गरेको हो। जुन ८४.०४ प्रतिशत हुन्छ। विनियोजन बजेटमध्ये कैलाशले चालुतर्फ २६ करोड ८३ लाख अर्थात् ८३.१५ प्रतिशत र विकास बजेटतर्फ १७ करोड ११ लाख अर्थात् विनियोजन बजेटको ८४. ९४ प्रतिशत खर्च गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। अर्थात् कैलाशले पुँजीगततर्फ विनियोजन बजेटमध्ये धेरै प्रतिशत खर्च गरेको हो। 

त्यस्तै, जिल्लाको मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकाले पनि ८४ प्रतिशतभन्दा बढी बजेट खर्चेका छन्। मनहरी गाउँपालिकाले कूल ९० करोड ५९ लाख रुपैयाँको बजेटमध्ये ७९ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ। जसमा चालुतर्फ विनियोजनमध्ये ४२ करोड ६८ लाख अर्थात् ८७. ९ र पुँजीगततर्फ ३६ करोड ९० लाख अर्थात् विनियोजनको ८७.७ प्रतिशत खर्च भएको हो। 

राक्सिराङ गाउँपालिकाले पनि कुल विनियोजनको ८६. २८ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ। राक्सिराङले ६३ करोड २४ लाख रुपैयाँको बजेट कार्यान्वयन गरेकोमा ५४ करोड ५७ लाख रुपैयाँ खर्च गरेको हो। उसले चालुतर्फ विनियोजनको २३ करोड ५४ लाख अर्थात् ८७. ३७ र पुँजीगततर्फ ३१ करोड २ लाख अर्थात् विनियोजनको ८५.४७ प्रतिशत खर्च गरेको हो। 

मनहरीले सबैभन्दा धेरै र भीमफेदी गाउँपालिकाले सबैभन्दा कम बजेट खर्च गरेका छन्। मनहरीले ८७.८५ प्रशिशत खर्च गर्दा भीमफेदीले ६८.७१ प्रतिशत मात्रै खर्च गरेको हो। भीमफेदीमा कुल ७५ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन भएकोमध्ये ५१ करोड ९८ लाख रुपैयाँ मात्र खर्च भएको हो। 

बागमती र बकैया गाउँपालिकाले पनि ८० प्रतिशतमाथि नै खर्च गर्न सफल भएका छन्। बागमती गाउँपालिकाले ६८ करोड ५५ लाख रुपैयाँको बजेट कार्यान्वयन गरेकोमा कुल विनियोजनमध्ये ५७ करोड ४३ लाख अर्थात् ८३.७८ प्रतिशत बजेट खर्च गरेको छ। जसमध्ये चालुतर्फ  करोड ८३ लाख खर्च  र पुँजीगततर्फ १८ करोड ६० लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। 

बकैया गाउँपालिकाले पनि कुल विनियोजनको ८३ दशलव ९७ प्रतिशत खर्च गरेको छ। कुल ८१ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ६८ करोड २४ लाख रुपैयाँ खर्च भएको हो। चालुतर्फ ४८ करोड १९ लाख अर्थात् विनियोजनको ८७ .३९ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १९ करोड ५९ लाख अर्थात् विनियोजनको ७६.४८ प्रतिशत खर्च गरिएको छ। 

हेटौंडा उपमहानगरपालिकाले ८० प्रतिशतमाथि बजेट खर्च गरेको छ। आव २०८०/०८१ मा कुल २ अर्ब ९२ करोड २९ लाख बजेट विनियोजन गरेको हेटौंडामा २ अर्ब ३४ करोड ५१ लाख अर्थात् कुल विनियोजनको ८०.२३ प्रतिशत खर्च भएको छ। चालुतर्फ एक अर्ब ४० करोड १३ लाख अर्थात् ८४. ७४ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ ९३ करोड ३८ लाख अर्थात् विनियोजनको ७४.१५ प्रतिशत खर्च भएको हो। थाहा नगरपालिकाले पनि ८० प्रतिशतमाथि नै खर्च गर्न सफल भएको छ। थाहाले १ अर्ब २ करोड विनियोजन गरेकोमा ८३ करोड खर्च गरेको तथ्यांक सार्वजनिक गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.